Incident Reports

प्रहरीद्वारा हातहतियार जफत

2015-02-10

Madhes, Saptari, Shambhunath

 प्रहरीले गएराति जिल्लाको सीतापुर गाविस–३ रामनगर विर्ता टोलको एक घरमा छापामारी हातहतियार र गोली बरामद गरेको छ। प्रहरीले स्थानीय धनिकलाल महतोको घरबाट नलकटुवा पेस्तोल एक थान, गोली एक राउन्ड, बन्दुक नाल एक, खोखा राउन्ड चार र नक्कली बन्दुक एक थानलगायतका सरसामान बरामद गरेको हो। शत्र वर्षीय धनिकलालले आफ्नै बाबु देवनारायणलाई खुकुरी प्रहार गरी ज्यान मार्न लागेको खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिगएको टोली घटनास्थलमा पुगेर धनिकलालको खोजी गर्नेक्रममा उनको घरबाट हातहतियार र गोली बरामद भएको प्रहरी उपरीक्षक शौरभ राणाले बताए। यता छोराको खुकुरी प्रहारबाट शरीरको विभिन्न भागमा घाउ लागेर घाइते भएका बाबुको उपचार अञ्चल अस्पताल जनकपुरमा भइरहेको छ भने छोराको खोजी गरिरहेको प्रहरीले बताएको छ। रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Assault (small group)
Weapons Sharp weapon , Small arms
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth na
Total Injured 1
National/Online Media

0 Comments