Incident Reports

जेलबाट जेठीको उजुरी, कान्छी भित्र्याउने श्रीमानलाई एक वर्ष कैद जरिवाना

2015-02-11

Province 1, Khotang, Barahapokhari

बहुबिवाह गरेकोमा पक्राउ परेका खोटाङको मौवाबोटे–६ का भूमीराज राई र उसकी कान्छी श्रीमतीलाई १० हजार जरिवाना सहित एक वर्ष कैंद सजायको फैसला सुनाइएको छ। जेठी श्रीमती जेल परेकोबेला दोश्रो बिवाह गरेको उजुरीका आधारमा पक्राउ परेका भूमिराज र उसकी कान्छी श्रीमतीलाई जिल्ला अदालतले १० हजार र एक वर्ष कैंद सजायको फैसला सुनाएको हो। आफू जेलमा रहेको समयमा विदेशबाट फर्किएका श्रीमानले गत फागुन–१४ गते दोश्रो बिवाह गरेको भन्दै जेठी श्रीमती प्रमिला राईले भूमीराजविरुद्ध फागुन–२९ गते जेलबाटै उजुरी दिएकी थिइन्। आफू जेल चलान भएपनि घर व्यवहार सम्हाल्न र बालबच्चाको हेरचाह गर्नुको सट्टा श्रीमानले बिदेशबाट फर्किए लगत्तै दोश्रो बिवाह गरेर अन्याय गरेको प्रमिलाको भनाई छ । सामाजिक परम्परा अनुशार २०६३ सालमा बिवाह गरेका प्रमिला र भूमीराजको एक छोरी र एक छोरा छन्। श्रीमान विदेशमा रहेकै समयमा प्रमिला कारागार चलान भएकी थिइन् । गत माघ–१ गते आफैमाथि बलात्कार गर्न खोजेको आरोपमा कुटपिट भएका जेठाजु दिलकुमार राईको मृत्यु भएपछि प्रमिला पक्राउ परेकी हुन्। उनलाई जिल्ला अदालत खोटाङले माघ–२८ गते पुर्पक्षकालागि थुनामा राख्न आदेस दिएको थियो।
National/Online Media

0 Comments