Incident Reports

कुटपिट गरेको आरोपमा छोराविरुद्ध प्रहरीमा उजुरी बाँके

2015-02-12

Lumbini, Banke, Khajura

राधापुर गाविस-४ छोटीचन्दनपुरकी ५६ वर्षीया कौशीला थापा मगरले आफूलाई छोरा २५ वर्षीय जीवन थापा र ३२ वर्षीय बिक्रम थापाले माघ २८ गते कुटपिट तथा गाली गालौज गरेको भन्दै फागुन १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी छन् । ब्रिटिस आर्मीमा रहेका आफ्ना पतिको मृत्युपछि पेन्सन आफूले बुझ्दै आएकोमा छोराहरूले पेन्सन आफूहरुलाई नदिएको भनी गालीगलौज र कुटपिट गरेकाले प्रहरीमा निवेदन दिएको पीडित महिलाले बताइन् । घटनाका आरोपितहरूलाई गिरफ्तार गर्न मातहत कार्यालयलाई पत्राचार गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनायो । विनोद पाण्डे
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
INSEC

0 Comments