Incident Reports

महिलाको हकमा प्रहरीद्वारा अदालतमा घरेलु हिंसा मुद्दा दर्ता

2015-02-18

Madhes, Saptari, Saptakoshi, Ward 3

सप्तकोशी नपा-४ फत्तेपुरकी २३ वर्षीया मन्दीराकुमारी सुबेदीलाई पति २८ वर्षीय संजीवकुमार कटुवाल, सासु ५५ वर्षीया दिलकुमारी कटुवाल र देवर २६ वर्षीय सन्तोषकुमार कटुवालले घरेलु हिंसा गरेको भन्दै इलाका प्रहरी कार्यालय कञ्चनरुपले ०७१ फागुन ६ गते जिल्ला अदालतमा मुद्दा दर्ता गराएको छ । पीडितले ०७१ मङ्सिर १५ गते दिएको उजुरी इलाका प्रहरी कार्यालय कञ्चनरुपमा पुस २७ गते दर्ता गरी सहमतिको प्रयत्न गरेपनि सफल नभए पछि ०७१ फागुन ६ गते जिल्ला अदालतमा मुद्दा दर्ता गराएको इन्स्पेक्टर उमेश लम्सालले बताए । आरोपितमध्ये दिलकुमारी र सन्तोष हाजिर भएपनि संजीव बेपत्ता भएकाले सहमति हुन नसकेको प्रहरीले जनाएको छ । सामाजिक परम्पराअनुसार ०६७ मङ्सिर २८ गते विवाह गरेका उनीहरुले गाविस कार्यालयबाट ०६८ पुस ४ गते विवाह दर्ता बनाएका थिए । दुई वर्षपछि ०७१ भदौमा साउदी अरबबाट फर्केका आरोपित पतिले घरेलु हिंसा नगर्ने भन्दै प्रहरी चौकी फत्तेपुरमा लिखित कागज गरी घर लगेकोमा पुनः कुटपिट गर्दै खानलाउन नदिई बहुविवाह गर्ने धम्की दिएको पीडितले बताइन् । आरोपितहरूको मिलेमतोमा पतिलाई बेपत्ता बनाई सासू र देवरले गालीगलौज गर्दै ०७१ मङ्सिर १० गते घरबाट निकाला गरेकोले न्यायका लागि प्रहरीसमक्ष उजुरी दिएको पीडितको निवेदनमा उल्लेख छ । मनोहरकुमार पोखरेल
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
INSEC

0 Comments