Incident Reports

बहुविवाह गर्ने पतिविरुद्ध मुद्धा दर्ता

2015-02-18

Bagmati, Nuwakot, Bidur

Nabdeep Shrestha जिलिङ-३ की २८ वर्षीय हिरा पुडासैनीले पति प्रकाश पुडासैनीविरुद्ध फागुन ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् । पीडित हिराको उजुरीको आधारमा प्रहरीले फागुन ६ गते नै पति प्रकाश र उनीसँग विवाह गरेकी २६ वर्षीय साबित्री पुडासैनीलाई गिरफ्तार गरेको प्रहरी निरीक्षक वीरेन्द्र थापाले बताए । प्रकाशले गत माघ १० गते सावित्रीसँग दोस्रो विवाह गरेको उजुरीमा उल्लेख भएको प्रहरीले जनाएको छ । जिल्ला अदालतले फागुन ६ गते नै आरोपितमाथि अनुसन्धानका लागि एक साता हिरासतमा राख्ने अनुमति दिएको छ । नवदीप श्रेष्ठ

0 Comments