Incident Reports

माइत विस्थापित महिलाद्वारा पतिविरुद्ध मुद्दा दर्ता

2015-01-29

Madhes, Saptari, Rajbiraj

जमुनी मधेपुरा गाविस-२ की २४ वर्षीया सन्जुकुमारी मण्डल खंगले पति २६ वर्षीय भमरलाल मण्डलसँग सम्बन्ध विच्छेदको माग गर्दै जिल्ला अदालतमा ०७१ फागुन ६ गते मुद्दा दर्ता गरेकी छन् । आरोपितले पत्नीको रुपमा नराख्ने, विवाह दर्ता, नागरिकता नबनाउने, अंश हक समेत नदिने भन्दै कुटपिट गरी ०७१ माघ १५ गते घरनिकाला गरेको पीडितले आरोप लगाएकी छन् । आरोपितले पत्नी अस्विकार गरी खानलाउन, बस्न नदिएकाले सम्बन्ध विच्छेद माग गरेको पीडितले बताइन् । सामाजिक परम्पराअनुसार ०७० वैशाख १५ गते विवाहित पीडित घरनिकालापछि सप्तकोशी नपा-४ फत्तेपुरस्थित माइत विस्थापित भएकी छन् । मनोहरकुमार पोखरेल
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Banishment/shunning
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
INSEC

0 Comments