Incident Reports

बालिका हत्या घटनाका आरोपितविरुद्ध मुद्दा दायर

2015-01-26

Province 1, Dhankuta, Dhankuta, Ward 6

 अर्खौलेजितपुर गाविस-६ की ११ वर्षीया बालिका सुजता परियारको हत्या गरेको आरोपमा सोही स्थानका १८ वर्षीय दिपक रम्तेल विरुद्ध फागुन ६ गते प्रहरीले मुद्दा दायर गरेको छ । पीडितकी आमा ३४ वर्षीया चन्द्रकुमारी परियारले माघ २९ गते जिल्ला प्रहरीमा दिएको किटानी जाहेरीको आधारमा आरोपित विरुद्ध कर्तव्य ज्यान अन्तरगतको मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालयका सई दिनेश अधिकारीले बताए । स्थानियवासीहरुले दिएको सुचनाको आधारमा बालिका हत्याको आंशकामा माघ २३ गते नै रम्तेललाई घरैबाट गिरफ्तार गरिएको भएपनि लामो अनुसन्धान पछि फागुन ६ गते मात्र घटना स्वीकार गरेकाले उनी विरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको प्रहरीले बताएको छ । थप अनुसन्धानको लागि अदालतबाट सात दिनको म्याद थप गरिएको छ । माघ १२ गते सोमबार आफ्नै घरमा अचेत अवस्थामा फेला परेकी सुजता परियारको उपचारको क्रममा माघ १५ गते न्युरो हस्पिटल विराटनगरमा मृत्यु भएको हो भने उनको माघ १६ गते कोशी अञ्चल अस्पताल विराटनगरमा पोष्टमार्टम गरिएको थियो । कुटपीटबाट गम्भीर घाईते भएकी बालिकाको टाउकोमा गहिरो चोट लागेको थियो । सन्तोष रुचाल
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Assault (small group)
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
INSEC

0 Comments