Incident Reports

बलात्कृत बालिका अचेत भेटिइन्

2015-02-22

Madhes, Bara, Kalaiya, Ward 13

बारा, फाल्गुन १० - सदरमुकाम कलैया बजारबाट शुक्रबार साँझ हराएकी एक सात वर्षीया बालिका बलात्कृत अवस्थामा शनिबार अचेत भेटिएकी छन् । घरबाट बाबुसँगै उनी बजार गएपछि बेपत्ता भएकी थिइन् । कलैया ६ स्थित श्री ३ चन्द्र माविको पछाडिपट्ट उनी अचेत भेटिएकी हुन् । स्थानीय बासिन्दाले उनलाई अचेत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । नारायणी उपक्षेत्रीय अस्पतालबाट थप उपचारका लागि उनलाई नेसनल मेडिकल कलेज वीरगन्ज पुर्‍याइएको प्रहरी उपरीक्षक लोकेन्द्रबहादुर मल्लले बताए । बालिकाको अवस्था गम्भीर भएकाले आईसीयूमा राखिएको उनले जानकारी दिए । 'उनको गुप्ताङबाट काठ निस्किएको छ,' उनले भने, 'उनी निर्वस्त्र भेटिएकी थिइन् ।' दोषीको खोजी भइरहेको उनले बताए । बजारबाट बालिका घर नपुगेपछि अभिभावकले राति प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले खोजी गरेका थिए । कलैयामा एक वर्षयता सात वर्षमुनिका दुई बालिकाको बलात्कारपछि र एक बालकको ढुंगा प्रहारबाट हत्या भएको छ । एउटै प्रकृतिका यस्ता शृंखलाबद्ध घटना हुन थालेपछि कलैयामा त्रास बढेको छ । गत माघ २७ मा मझरिया ३ मा ५ वर्षीय करुणा ठाकुर लोहारको घर छेउमै हत्या गरी फालिएको अवस्थामा प्रहरीले फेला पारेको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , INSEC

0 Comments