Incident Reports

एम्बुलेन्स माथि बियरको बोत्तल प्रहार

2015-02-22

Madhes, Bara, Jitpur Simara

रौतहटको खेसरियाबाट बिरामी बोकेर वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पताल आउने क्रममा बाराको सिमरा चौकमा आन्दोलनकारीले एम्बुलेन्स तोडफोड गरेका छन् । बिहान करिब साढे १० बजेको समयमा आन्दोलनकारीले प्रहार गरेको बियरको बोतल र ढुंगा लागेर बिरामी बिन्दाराय यादव र कुरुवा घाइते भएका छन् । एम्बुलेन्सको चारैतर्फो सिसा फुटेका छन् । गाडी भित्र बियरका बोतल र ढुंगा फेला परेका छन् । चिनी (डाइबेटिज) का बिरामी बुवा बिहान शिकिस्त भएपछि थप उपचारका लागि वीरगन्ज ल्याउने क्रममा आन्दोलनकारीको प्रहारबाट घाइते भएको राजकुमार यादवले बताए । 'सिसाले बिन्दाको अनुहारको दाहिने भाग कटेको छ,' उपचारमा संलग्न चिकित्सकले भने, 'छातीमा र अन्य भागमा समेत चोट लागेको छ ।' राजकुमारको दाहिने हातको औंला कटेका छन् । चालक समेत घाइते भएका छन् । एम्बुलेन्स चालक अशोककुमार राउतले सिमरा चौकमा पुग्दा आन्दोलनकारीले घेरा होलर ढुंगामुढा गरेको बताए । नेपाल मानव समाज कल्याण रौतहटले हालै एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । 'दुर्इ दिन अघिदेखि मात्र सञ्चालनमा आएको एम्बुलेन्समा नम्बर समेत हालिएको थिएन्,' चालक राउतले भने, 'यातायातले सोमबार दिने जनाएको छ ।' नम्बर नभएपनि साइरन र बत्ती भने हालेको उनले बताए । मालपोत र नापी कार्यालय विस्तार गर्ने निर्णयबाट सरकार पछि हटेको विरोधमा सिमरावासी आन्दोलित भएका हुन् । एक सातादेखि सिमराबजारमा तनाव कायम छ । आन्दोलनका कारण वीरगन्ज पथलैया सडक खण्ड अवरुद्ध बनेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Secondary Form Vandalism
Weapons Blunt weapon , Sharp weapon
Primary Cause Access/control of economic markets (syndicates, market relocation)
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Transport entrepreneurs/syndicate
Actor 2 - Youth na
Total Injured 2
Totally damaged Vehicles 1
National/Online Media

0 Comments