Incident Reports

स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नहुँदा, समयमा उपचार नपाएर बिरामीको मृत्यु

2015-02-21

Karnali, Humla, Sarkegad

 साया गाविस स्थित इलाका स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी र औषधी नहुँदा एक जनाको विरामी समयमा उपचार नपाएर मृत्यु भएको छ । साया गाविस-८ का ५९ वर्षीय सिङग शाहीको समयमा उपचार नहुँदा फागुन ९ गते राती मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालयले पर्याप्त मात्रामा इलाका स्वास्थ्य चौकीमा औषधी नपठाउँदा र इलाका स्वास्थ्य इञ्चार्ज नहुँदा उपचार नपाएर शाहीको मृत्यु भएको सायाँ गाविसका रतन सिंहले बताए । गाविसमा सातदिन देखि रुघाखोकी फैलिएको छ । रुघाखोकीका कारण साया गाविसमा स्थानीय राजकला शाही र रमिति शाहीलगायत सिकिस्त विरामी भएको स्थानीय रतन सिंहले बताए । जिल्ला स्वास्थ्य कार्यालयमा नै औषधी र डाक्टरबिहीन रहेको साया इलाका स्वास्थ्य चौकीका ग्रामीण स्वास्थ्य कार्यकर्ता धर्म बहादुर शाहीले बताए । उनले इलाका स्वास्थ्य कार्यालयमा औषधी र स्वास्थ्यकर्मी नहुँदा बिरामीले सास्ती व्यहोर्नु परेको बताए । सुरेश परियार
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Other violent form
Weapons None
Primary Cause Extra-judicial response related to perceived healthcare malpractice/after death of patient
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
INSEC

0 Comments