Incident Reports

उजुरी दर्ता गर्न प्रहरीलाई परमादेश

2015-02-22

Madhes, Saptari, Rajbiraj, Ward 8

मलेकपुर गाविस-५ खुरहुरियाकी ३० वर्षीया मायावतीदेवी मण्डलले दिएको उजुरी दर्ता गरी अनुसन्धान कार्य अगाडि बढाउन अदालतले जिल्ला प्रहरी कार्यालयलाई ०७१ फागुन १० गते परमादेश जारी गरेको छ । पुनरावेदन अदालतका न्यायाधीशद्वय बालकृष्ण उप्रेती र तेजबहादुर र्राईको संयुक्त इजलाशले प्रहरीलाई सो आदेश गरेको अधिवक्ता समिम अख्तरले जानकारी दिए । पीडितलाई जेठाजु ५५ वर्षीय भुनिलाल मण्डल, निजका छोराहरु ३० वर्षीय जीवछ मण्डल र २८ वर्षीय अरबिन्द मण्डलले ०७१ कात्तिक ६ गते कोदालोको बिँडले पेटमा प्रहार गर्दा तीन महिनाको गर्भ तुहिएको थियो । घाइते पीडितको राजविराज नपा-३ स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भएको र अस्पतालका चिकित्सकले कुटपिटबाट गर्भपतन भएको बताएको पीडितका पति शंकर भनिने परमेश्वर मण्डलले जानकारी दिए । पीडितका पतिले कात्तिक ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । अञ्चल अस्पतालमा कात्तिक १३ गते पीडितको घाउ जाँच गरिएको थियो । प्रहरी र प्रशासनले उजुरी दर्ता नगरेपछि उनले जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयविरुद्ध मङ्सिर १४ गते निषेधाज्ञामिश्रति परमादेशको रिट दायर गरेका थिए । मनोहरकुमार पोखरेल
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other types of GBV
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments