Incident Reports

बहुविवाह गर्ने गिरफ्तार

2015-02-23

Madhes, Saptari, Mahadeva, Ward 1

Manohar Kumar Pokhrel पकरी गाविस-९ की १९ वर्षीया आसमा खातुनको उजुरीका आधारमा उनका पति २५ वर्षीय मुक्तार मियाँलाई प्रहरीले ०७१ फागुन ८ गते गिरफ्तार गरेको छ । गिरफ्तार भएका आरोपितलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालतबाट फागुन १० गते पाँच दिनको म्याद थप गरेको छ । आरोपित पतिले कान्छी पत्नीका रुपमा दिलकुमारी भनिने आयसा खातुनलाई निजको नौ महिनाको छोरासहित ०७१ पुस २६ गते घर भित्र्याएपछि पीडितले आरोपितहरूविरुद्ध फागुन ८ गते जिल्ला प्रहरी कार्यालयमा बहुविवाहको उजुरी दिएकी थिइन् । सामाजिक परम्पराअनुसार ०६९ वैशाख २७ गते आरोपितसँग विवाहित पीडितको डेढ वर्षीय छोरा छ । पीडित हाल छोरासहित मलेठ गाविस-९ स्थित माइत विस्थापित भएकी छन् । मनोहरकुमार पोखरेल

0 Comments