Incident Reports

५० हजार रुपैयाँ घुस सहित दुई वन अधिकृत पक्राउ

2015-02-24

RSS काठ व्यवसायीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगकको टोलीले जिल्ला वन कार्यालय, बागलुङका दुई अधिकृत सहित एक काठ व्यवसायीलाई पक्राउ गरेको छ। जिल्ला वन कार्यालय, बागलुङका प्रमुख सरोजराज पाण्डे र सहायक वन अधिकृत टिकाराम पन्तलाई बागलुङ नगरपालिका—१ मा रहेको ग्रिनल्याण्ड होटलबाट सोमबार राती पक्राउ गरेको हो। अख्तियारको टोलीले घुष दिएको ५० हजार रुपैयाँ समेत बरामद गरेको छ। बागलुङका फर्निचर तथा काठ व्यवसायीले अख्तियारको टोलीलाई खबर गरेर 'सेटिङ' गरी होटलमा खाजा खान बोलाई अधिकृत द्वयलाई ५० हजार रकम बुझाएका थिए। पत्रकारको रोबहरमा खातलासी गर्दा पाण्डेसँगबाट २५ हजार रुपैयाँ बरामद गरेको थियो। अख्तियारको टोली आएको थाहा पाएपछि पन्तले लिएको २५ हजार अर्का फर्निचर व्यवसायी याम प्रसाद रिजाललेको खल्तीमा हाल्दिएको ती व्यवसायीले बताए। अधिकृत पन्तले आफ्नो खल्तीमा रकम राखिदिएको भन्दै रिजालले २५ हजार रुपैयाँ अख्तियार टोलीलाई देखाएपछि रिजालाई पनि अख्तियारले नियन्त्रणमा लिएको छ।पक्राउ परेका पाण्डेले आफूलाई खाजा खान बोलाई मदिरा सेवन गरेपछि बाहिर निस्किने बेलामा आफ्नो खल्तीमा जबरजस्ती २५ हजार रुपैयाँ राखिदिएको दावी गरे। पन्तले भने सो बारेमा आफूलाई जानकारी नभएको बताए । अख्तियार श्रोतका अनुसार फर्निचर तथा काष्ठ व्यवसायी संघ बागलुङका अध्यक्ष डम्बर बहादुर सापकोटाको उजुरीको आधारमा टोली काठमाडौंबाट बागलुङ आएको थियो। व्यवसायीले अधिकृत द्वयलाई दिएको ५० हजार रुपैयाँका नोटको पहिलै फोटकपी गरेर राखेका थिए। फर्निचर व्यवसायीले वनका कर्मचारीले आँफुलाई पटक—पटक दुख दिने गरेको गुनासो गरे । अख्तियार टोलीले आँफुहरुसँग प्रशस्त प्रमाण रहेको बताएको छ। अख्तियार अनुसन्धान आयोग काठमाण्डौका प्रहरी निरिक्षक पुष्पराज जोशी र अख्तियार पोखराका शाखा अधिकृत गोविन्दराज हुमागाईँ नेतृत्वको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

0 Comments