Incident Reports

बहुविवाह गर्ने जोडी प्रहरी हिरासतमा

2015-02-26

Madhes, Dhanusha, Janakpur

धनुषामा बहुविवाह गर्ने एक जोडीला ई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा हरिणय गाविस ४ का २५ वर्षिय राजकुमार पाशवान र उनका कान्छी श्रीमती वर्षिया रिना पाशवान छन् । घरमा जेठी श्रीमती हुँदा हुँदै राजकुमारले गएको ३ गते रिनासँग विवाह गरेका थिए । उनको दुई छोरा समेत छन् । जेठी श्रीमती बबिताले राजकुमारले बहुविवाह गरेको उजुरी दिएको आधारमा विवाह गरेको पुष्टि भएपछि जोडीलाई घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । तीन वर्षदेखि श्रीमान राजकुमार, ससुरा शुकन पाशवान र सासु बौकीदेवी मिलेर आफुलाई विभिन्न लान्छना लागउँदै यतना र कुटपीट गर्दै आएको जेठी श्रीमती बबिताले दुखेसो पोख्नुभयो । बबिताले भन्नुभयो, ‘घरपरिवारले जति यातना दिएपनि सहेर बसे तर कान्छीलाई भित्र्याएपछि कसरी सहेर बस्नु । त्यसैले न्याय माग्न प्रहरीमा उजुरी दिएँ । मलाई न्याय चाहियो ।’ जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पक्राउ परेका राजकुमार र रिनालाई बहुविवाह गरेको अभियोगमा कानुनी कारबाही अगाडि बढाएको छ ।
National/Online Media

0 Comments