Incident Reports

सुकुम्बासी मुसहरलाई लालपुर्जा वितरण

2015-02-26

Madhes, Mahottari, Bardibas

बर्दिवास नगरपालिका-२ र ३ मा रहेको मुसहर बस्तीका लक्ष्मी सदा गाउँब्लक जग्गामा बसोबास गरेको ४० वर्षभन्दा बढी भइसकेको थियो । बुधबार (फागुन १३ गते)को दिन उनको लागि जीवनकै सबैभन्दा बढी खुशियालीको दिन रह्यो । सदाले बसोबास गर्दै गरेका ऐलानी जग्गा १ कठ्ठा ८ धुर जग्गाधनीको लालपुर्जा हातमा परेपछि निकै हषिर्त भए । सुकुम्बासीको नामले परिचय पाएका लक्ष्मी सदा बुधबार (फागुन १३ गते) देखि २८ लाख भन्दा बढी रकम बराबरको जग्गा धनी बन्न सफल भएका छन् । उनले भने,-'ढिलै भएपनि हाम्रो दुःख सरकारले बुझिदियो, जग्गाको मालिक नहुने मान्छेलाई सुकुम्बासीको पीडा थाहा हुँदैन, जग्गा पाएर म निकै खुशी छु, हाम्रो मुसहर बस्तीमा खुशी छाएको छ ।' विगत चार दशक भन्दा बढी समयदेखि बर्दिवास गाविसमा बसोबास गर्दै आएका दलित तथा जनजाति लगायतका समुदायलाई नेपाल सरकार भूमि सुधार तथा व्यवस्था मन्त्रालय नापी विभाग, नापी कार्यालय महोत्तरीले फागुन १३ गते गाउँमै आएर उनीहरुलाई लालपुर्जा वितरण गरेको हो । लक्ष्मी सदा जस्तै अर्को पात्र छन् मुसहर बस्तीकै सनेचरी सदा । आफ्नै नाम र तस्विर टाँसेको जग्गाधनीको लालपुर्जा पाएपछि ३५ वर्षीया सनेचरी सदाको खुशीको कुनै सीमा रहेन । बर्दिवास नगरपालिकाका दुई वडाका ९५ जनाले एकै साथ जग्गाको लालपुर्जा पाएका छन् । नापी कार्यालय महोत्तरीले मात्र तीस रुपियाँ राजस्व लिएर सुकुम्बासीहरुलाई लालपुर्जा वितरण गरेको हो । अजयकुमार साह

0 Comments