Incident Reports

रंगेहात घुस प्रकरण: प्रहरी उपरीक्षक कोइराला निलम्बित

2015-02-26

Lumbini, Banke, Nepalgunj, Ward 12

नेपालगन्ज-जिल्ला प्रहरी कार्यालय, बाँकेका तत्कालीन प्रहरीप्रमुख प्रहरी उपरीक्षक शेखर कोइराला निलम्बित भएका छन्। घुस प्रकरणमा दोषी देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सिफारिसमा प्रहरी प्रधान कार्यालयले कोइरालालाई निलम्बन गरेको हो। जिल्ला प्रहरी कार्यालय बाँकेमार्फत अपराध अनुसन्धानका लागि घुमुवामा खटिएका प्रहरी नायब निरीक्षक (सई) सुमन खरेललाई आयोग टोलीले गत माघ २३ गते बेलुका २५ हजार घुससहित नेपालगन्जको एक रेस्टुरेन्टमा फेला पारेको थियो। खरेललाई नियन्त्रणमा लिन खोज्दा प्रहरी र आयोग टोलीबीच ३ घन्टासम्म घम्साघम्सी चलेको थियो। त्यसक्रममा आयोगका केही कर्मचारी घाइते भएका थिए। आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की र प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको पहलमा आयोग टोली प्रहरीको नियन्त्रणबाट मुक्त भएको थियो। अख्तियारको काम, कारबाहीमा घन्टौंसम्म अवरोध पुर्यााउँदा पनि कुनै कदम नचालेको आरोप तत्कालीन जिल्ला प्रहरीप्रमुख कोइरालालाई थियो। उक्त घटनाको अनुसन्धान गर्दै आएको आयोगले सई खरेल, अन्य घुमुवा प्रहरी र प्रहरी उपरीक्षक कोइरालासँग बयान लिँदा घटनामा उनी नै जोडिएपछि निलम्बन गर्न सिफारिस गरेको आयोगस्रोतले जानकारी दियो। ‘घुस लिने खरेलसहित उसलाई छुटाउन खोज्ने प्रहरी र एसपी कोइरालासँगको बयानमा पनि तत्कालीन प्रहरीप्रमुखको कमजोरी देखियो,’ आयोगस्रोतले भन्यो, ‘अझै विस्तृत अनुसन्धान गर्नुपर्ने भएकाले आयोगले निलम्बनको सिफारिस गरेको हो।' घटनाको अघिल्लो दिन मात्र कोइरालाको पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय विराटनगरमा सरुवा भए पनि उनी बाँकेमै थिए। आयोगको काम, कारबाहीमा अवरोध पुर्याकएको आरोपमा भेरी अञ्चल प्रहरी कार्यालयले त्यसको भोलिपल्ट ६ जना प्रहरीलाई निलम्बन गरेको थियो। घुससहित पक्राउ परेका खरेललाई आयोगले अनुसन्धानका लागि केन्द्रीय कार्यालयको हिरासतमा राखेको छ भने निलम्बनमा परेका ६ जना प्रहरीलाई पनि बयानका लागि काठमाडौंमा लगिएको छ। घुस प्रकरणका अन्य ७ जना प्रहरी विरुद्ध पनि अञ्चल प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ। आयोगले आफ्नो काममा अवरोध पुर्या एको निष्कर्ष निकाल्दै कारबाही गर्न सिफारिस गरेपछि अञ्चल प्रहरी कार्यालयको निर्देशनमा जिल्ला प्रहरी कार्यालय बाँकेले अन्य पाँच जनाविरुद्ध सार्वजनिक अपराधअन्तर्गत मुद्दा दर्ता गरिएको छ। आयोगस्रोतका अनुसार पत्रकारद्वय तिलक गाउँले र आकाश देवकोटा तथा स्थानीय बासिन्दा रहिम मिया, मुरली कोदार र पाठक थर गरेका व्यक्ति रहेका छन्। आरोपी पाँचै जनाले घटनामा आफ्नो संलग्नता नरहेको बताएका छन्। ‘मुद्दा दर्ता भए पनि उनीहरूलाई पक्राउ गर्न प्रहरीले अझै आनाकानी गरिरहेको छ,’ आयोग सम्पर्क कार्यालय कोहलपुरका एक कर्मचारीले भने। चोरी अभियोगमा पक्राउ परेका नेपालगन्जनिवासी युधिरसिंह ठकुरीका दाजु युवराजसिंहसँग सई खरेलले मुद्दा मिलाइदिन्छु भन्दै २५ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामै पक्राउ गरेको आयोगले दाबी गर्दै आएको छ।

0 Comments