Incident Reports

मालपोतका सुब्बा ५० हजार घुससहित पक्राउ

2015-02-26

Madhes, Saptari, Rajbiraj, Ward 8

सेवाग्रहीसँग घुस लिँदै गर्दा मालपोत कार्यालय सप्तरीका नायब सुब्बा राजेन्द्रकुमार साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पूर्वाञ्चल क्षेत्रीय कार्यालयको टोलीले पक्राउ गरेको छ । शुक्रबार कार्यालयमै सेवाग्राही अम्बरकुमार साहसँग ५० हजार रुपैयाँ घुस लिँदै गर्दा साहलाई पक्राउ गरिएको अख्तियारका पूर्वाञ्चल क्षेत्रिय प्रमुख डुल्लुराज बस्नेतले जानकारी दिए । नासु साहले पटक पटक घुस मागेपछि सेवाग्राहीले बिहीबार अख्तियारको क्षेत्रिय कार्यालय इटहरीमा उजुरी दिएका थिए । उजुरीपछि शुक्रबार विहान अख्तियारका अधिकृत गोकुल निरौलाको नेतृत्वमा खटिएको टोलीले साहलाई रङ्गेहात पक्राउ गरेको हो । घुससहित पक्राउ परेका साहलाई भष्टचारको अभियोगमा मुद्दा चलाउन अख्तियारको केन्द्रिय कार्यालयमा पठाइने बस्नेतले जानकारी दिएका छन् ।

0 Comments