Incident Reports

जन्मकैद सजाय भोगिरहेका आरोपित थुनामुक्त

2015-02-27

Lumbini, Banke, Duduwa

Binod Pandey कर्तव्य ज्यान र डाँका मुद्दामा जन्मकैद सजाय भोगिरहेका बेतहनी गाविस-१ का पप्पु भनिने नरेन्द्रकुमार चौधरीको कर्तव्य ज्यान मुद्दा सरकारले फिर्ता लिने गरेको निर्णय जिल्ला अदालत बाँकेले फागुन १४ गते मञ्जुरी दिएपछि आरोपित सोही दिन थुना मुक्त भएका छन् । जिल्ला अदालतका न्यायाधीश हरिप्रताप केसीको इजलाशले उक्त निर्णय गरेको हो । सरकारले कर्तव्य ज्यान र डाँका मुद्दामा जन्मकैद सजाय भोगिरहेका पप्पु भनिने नरेन्द्रकुमार चौधरीको मुद्दा ०६९ असोज १८ को बसेको मन्त्रिपरिषद्को बैठकले फिर्ता लिने निर्णय गरेको थियो । सरकार गरेको उक्त निर्णय कार्यान्वयन गर्न महान्यायाधिवक्ताको कार्यालय मार्फत जिल्ला सरकारी वकिल कार्यालयलाई आरोपितलाई रिहाइ गर्न पत्राचार गरेको थियो । सरकारीवादी मुद्दा सम्बन्धी ऐन ०४९ को दफा २९ अनुसार अदालतको मञ्जुरी विना सरकारले मुद्दा फिर्ता लिन सक्दैन । बेतहनी-होलिया सडक निर्माणका लागि उपभोक्ता समिति गठन गर्ने क्रममा विवाद हुँदा २०६६ चैत २८ गते एमाले कार्यकर्ता गुलाम हुसेन नाउ र नेपाली काँग्रेसका कार्यकर्ता सोही स्थानका नरेन्द्रकुमार चौधरीको समूहका बीचमा विवाद भएको थियो । बेतहनी गाविस-३ का एमाले कार्यकर्ता ३९ वर्षीय गुलाम हुसेन नाउलाई सोही गाविस १ का ४० वर्षीय पप्पु भनिने नरेन्द्र चौधरी अगुवाईमा बन्दुक, धारिलो हतियार र लाठी सहितका समुहले ०६६ चैत ३० गते राति घरमै कुटपिट गरी घाइते बनाएका थिए । पीडितको भेरी अञ्चल अस्पताल नेपालगञ्जमा प्राथमिक उपचार गरी थप उपचारका लागि चैत ३१ गते लखनउ लैजादै गर्दा बाटोमै उनको मृत्यु भएको थियो । सोही घटनामा कुटपिटबाट घाइते भएका बेतहनी गाविस-३ गुलामका काका ५५ वर्षीय मन्सव अलीको पनि ०६७ वैशाख २१ गते मृत्यु भएको थियो । उनको भेरी अञ्चल अस्पताल नेपालगञ्जमा उपचार भएको थियो । प्रहरीले घटना स्थलबाट भरुवा बन्दुक एकथान, कटुवा पेस्तोल एकथान, खुकुरी र चारओटा गोली बरामद गरेको थियो । मृतकका दाजु अकुव अहमद नाउले बेतहनी गाविस १ का ४० वर्षीय पप्पु भनिने नरेन्द्र चौधरी सहित अन्य १५ जनाको नाममा जिल्ला प्रहरी कार्यालय बाँकेमा कर्तव्य ज्यान सम्बन्धी किटानी मुद्दा ०६७ वैशाख २ गते दर्ता गराएका थिए । जिल्ला अदालतका तत्कालीन न्यायाधीश शेखर पौडेलको इजलासले हत्या भएको पुष्टि गर्दै ०६९ असोज १६ गते घटनाका अभियुक्त पप्पु भनिने नरेन्द्र चौधरी र अन्य चार जनालाई जन्मकैद सजायको फैसला गरेको थियो । विनोद पाण्डे

0 Comments