Incident Reports

कथित बोक्सीको आरोपमा कुटपिट

2015-01-28

एक महिनाअघि पनौती नगरस्थित एक गाउँकी ४० वर्षीया महिलालाई बोक्सीको आरोपमा मलमुत्र खुवाएको आरोपमा प्रहरीले आरोपित दुई जनालाई गिरफ्तार गरेको छ । पनौती नपा-५ चामखर्ककी ४० वर्षीया एक महिलालाई ०७१ माघ १४ गते राती छिमेकी १८ वर्षीय विसु तामाङ र उनको पत्नी १९ वर्षीया धनमाया तामाङले बोक्सीको आरोपमा मलमुत्र खुवाएको बताएका छन् । प्रहरीले पीडित महिला फागुन १५ गते जिल्ला प्रहरी कार्यालयमा आएको बतायो । प्रहरीले बोक्सीको आरोपमा कुटपिट गरिएको भन्ने मुद्दा दर्ता गरी आरोपितहरुलाई गिरफ्तार गरेको बतायो । पीडितले अस्पतालमा उपचार सकी प्रहरीमा उजुरी गर्न आएकाले ढिला भएको दावी गरेकी छिन् । घटना एक महिनापछि खुलासा भएपनि अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ । भोजराज तिमल्सिना
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments