Incident Reports

बहुविवाहको आरोपमा पतिविरुद्ध उजुरी

2015-03-13

Gandaki, Baglung, Kanthekhola

राजकुट गाविस-१ की ३४ वर्षीया ढालकुमारी खत्रीले पति ३२ वर्षीय रमेश कुँवरविरुद्ध जिल्ला प्रहरी कार्यालयमा फागुन २६ गते उजुरी दिएकी छिन् । पतिले ०७१ फागुन २१ गते राजकुट गाविस-१ की २६ वर्षीया अस्मिता खत्रीलाई कान्छी पत्नी बनाएर घर भित्र्याएको भन्दै बहुविवाह मुद्दामा कानुनी कारवाहीको माग गर्दै उजुरी दिएकी हुन् । पतिले विगतदेखि नै आफुसँग दुर्व्यवहार गर्दै आएको भएपनि सहेर बसेको भन्दै पीडितले न्यायका लागि पहल गरिदिन आग्रह गरेकी छन् । प्रहरीले पीडितको निवेदनका आधारमा प्रहरीले बहुविवाहको मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रेमबहादुर बस्नेतले बताए । सिर्जना पन्त

0 Comments