Incident Reports

आफ्नै नातिनी बलात्कार गरेको आरोप मा ८२ वर्ष वृद्धलाई ११ वर्ष जेल सजाए

2015-03-17

Bagmati, Dolakha, Kalinchok

नातिनीमाथि बलात्कार गरेको आरोपमा पक्राउ गरिएका एक व्यक्तिलाई अदालतले ११ वर्ष कैद सजाय सुनाएको छ। सुनखानी–२ का ८२ वर्षीय पुरुषविरुद्ध दोलखा जिल्ला अदालतले सोमबार त्यस्तो फैसला गरेको हो। न्यायाधीश ठाकुरप्रसाद शर्माको इजलासले कैद सजायसँगै पीडित बालिकालाई ५० हजार रुपैयाँ क्षतिपूर्ति दिलाउन आदेश दिएको जिल्ला अदालतका से्रस्तेदार ध्रुवराज कार्कीले जानकारी दिए। ती व्यक्तिले १० वर्षीया नातिनीलाई २० रुपैयाँ र अर्की ४ वर्षीया नातिनीलाई बिस्कुट दिएर फकाउँदै कोठामा लगी बलात्कार गरेको अदालती बयानमा खुलेको छ। उनले बलात्कारपछि घटना लुकाउन नातिनीलाई धम्की तथा मानसिक त्रास दिँदै आएको प्रहरीले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Secondary Form Threat/intimidation
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments