Incident Reports

चितवनमा बिहानदेखि झडप

2015-03-18

Bagmati, Chitawan, Khairahani, Ward 8

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको खैरहनीमा एक छात्रको मृत्युको विषयमा विद्यार्थी र प्रहरीबीच आज पनि बिहानदेखि झडप भइरहेको छ । विद्यार्थीले सडक अवरुद्ध गर्ने र प्रहरीले खुलाउने क्रममा पटकपटक झडप भएको हो । सो क्रममा नौ विद्यार्थीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले बताए । गत आइतबार नेपाल आदर्श शिक्षा सदनमा सोही विद्यालयमा कक्षा १० मा अध्ययनरत एक विद्यार्थी झुन्डिएको अवस्थामा फेला परेपछि विद्यार्थीहरुले छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै चक्काजाम गरेका थिए । राजमार्ग खुलाउने क्रममा प्रहरीले लाठी प्रहारसमेत गरेको थियो । यसअघि घटनाको विषयलाई लिएर मृतकका आफन्त तथा स्थानीयवासीले विद्यालयअगाडि प्रदर्शन गर्नुका साथै पूर्व–पश्चिम राजमार्ग पनि बन्द गराएका थिए । खैरहनी नगरपालिका–६ मा रहेको नेपाल आदर्श शिक्षा सदनमा अध्ययनरत कठार–५ का गौरव बस्नेत गत आइतबार विद्यालयको कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । प्रहरीले विद्यार्थीले आत्महत्या गरेको बताउँदै आएको छ भने आफन्त तथा स्थानीयवासीले भने घटना आत्महत्या नभई हत्या भएको दाबी गर्दै आएका छन् । रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Secondary Form Program Interference/Obstruction
Weapons None
Primary Cause Others types of mob justice
Secondary Cause Others types of mob justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments