Incident Reports

३५ घर जलेको र ९० परिवार विस्थापित भएको अनुमान

2015-03-24

Province 1, Taplejung, Phungling, Ward 1

सदरमुकाम फुङलिङको तोक्मे डाँडा क्षेत्रमा सोमवार साँझ भएको आगलागीमा परी विस्थापित भएकाहरुलाई राहत वितरणको काम सुरु भएको छ । जिल्ला विपद व्यवस्थापन समितिले मंगलवार बिहानबाट राहत वितरण सुरु गरेको हो । विपद् ब्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी डमरुप्रसाद निरौलाका अनुसार विस्थापितलाई जिल्ला विकास समिति, उद्योग बाणिज्य संघ, सामुदायिक भवनमा राख्ने ब्यवस्था मिलाइएको छ । निरौलाका अनुसार आगलागीले ३५ घर जलेको र ९० परिवार विस्थापित भएको अनुमान छ । प्रारम्भिक चरणमा पाथीभरादेवी मन्दिर क्षेत्र संरक्षण समितिले ३० किलो चामल, नुन, तेल, आलु, दाल, रेडक्रसले पाल, कम्बल, भाँडालगायतका सामग्री उपलब्ध गराउने निर्णय गरेको छ । सोमवार साँझ पूर्वेली होटलबाट सुरु भएको आगो पूर्वतर्फ तोक्मेडाँडाको नेपाली सेनाको श्रीबक्स गुल्म र पश्चिमतर्फ ताराप्रसाद सिटौलाको पसलमा पुगेर नियन्त्रणमा आएको थियो । रातभरीनै धुँवा आउने क्रम रहेपनि इलामबाट आएको दमकलले रातिदेखि आयोग निभाउन सुरु गरेको थियो । बिहान झापावाट आएको दमकलको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा लिइएको हो । आगलागीको यकिन तथ्यांक चाँडै सार्वजनिक गर्ने र दीर्घकालिन राहतका विषयमा निर्णयमा पुग्ने निरौलाले वताएका छन् ।

अपडेट :: फुङलिङमा भएको आगलागीबाट त्यस क्षेत्रमा डेरागरी बस्ने एकसय १८ परिवार विस्थापित भएका छन् । आगलागीले ४ सय ६५ जनालाई प्रभावित बनाएको छ । जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी डमरुप्रसाद निरौलाका अनुसार ३५ जनाको ३७ वटा घर आगलागीबाट पूर्ण क्षति भएको छ । आगलागी नियन्त्रणमा लिने क्रममा ७ वटा घर भत्काइएको छ । आगलागी क्षतिको विवरण आउन भने बाँकी छ । आगलागी क्षेत्रको निरिक्षणका लागि गृह मन्त्री वामदेव गौतम आउने सुरक्षा अधिकारीले वताएका छन् ।

0 Comments