Incident Reports

हत्याको अभियोगमा सासु बुहारीलाई जन्मकैद

2015-04-01

Province 1, Taplejung, Yangwarak

ताप्लेजुङको नाङखोल्याङ गाविसकी १४ बर्षिया झुमा बिकको हत्या अभियोग लागेका २ जनालाई जिल्ला अदालत ताप्लेजुङले जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीस कृष्णप्रसाद सुबेदीको ईजलासले हत्या अभियोग लागेका नाङ्खोल्याङ–३ निवासी पदमकुमारी श्रेष्ठ र उनकी बुहारी २५ बर्षिया जुनु श्रेष्ठलाई जन्मकैद सजाय हुने फैसला सुनाएको हो । उनीहरुलाई ज्यान सम्वन्धी महलको १३(३) बमोजिम सर्वस्वसहित जन्म कैदको सजाय सुनाईएको श्रेष्तेदार जीवन भण्डारीले बताउनुभयो । ताप्लेजुङमा महिला कारागार नभएका कारण उनीहरुलाई अदालतको फैसलापछि पाँचथर कारागार लगिएको छ । गएको असार २७ गते बेलुकी साढे ९ बजे किकको शव घरको दलिनमा सलमा झुन्डिएको अवस्थामा भेटिएको थियो । तर झुमालाई निर्घात कुटपिट पश्चात झुन्ड्याइएको दाबीसहित मृतककी आमा नर्वदा विकले श्रेष्ठ सासु बुहारी विरुद्ध साउन १ गते प्रहरीमा किटानी जाहेरी दिनुभएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Secondary Cause Other types of GBV
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Total Abducted 00
National/Online Media

0 Comments