Incident Reports

बृद्धाको देवरहरुद्वारा हत्या

2015-04-02

Madhes, Saptari, Chhinnamasta

 बरही वीरपुर गाविस–४ की ७२ वर्षीया बृद्धा राजमतीदेवी यादवलाई देवरहरु ५५ वर्षीय बिद्यानन्द राय, ५० वर्षीय शिवनन्द राय, ४० वर्षीय कामानन्द राय र बिद्यानन्दका छोरा चन्दनकुमार रायले कुटपिट गरी चैत १९ गते हत्या गरेका छन् । आरोपितहरुले लाठी र फलामको रडले गरेको प्रहारबाट घाइते पीडितको उपचारका लागि धरान लैजाँदै गर्दा बाटोमा मृत्यु भएको मृतकका छोरा बेचन रायले बताए । कुटपिटबाट मृतककी बुहारी ३८ वर्षीया बिनादेवी राय, नातीनीहरु १७ वर्षीया पुष्पाकुमारी राय र १३ वर्षीया मुनाकुमारी राय घाइते भएकी छन् । घाइतेहरुको राजविराजस्थित अञ्चल अस्पतालमा उपचार भइरहेको छ । मृतकका छोरा बेचन रायले आरोपितहरुविरुद्ध जिल्ला प्रहरी कार्यालयमा चैत १९ गते उजुरी दिएका छन् । आरोपितहरु फेला परेका छैनन् । मनोहरकुमार पोखरेल
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Assault (small group)
Weapons Blunt weapon , Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Total Injured 3
Female Injured 3
Youth Injured 2
INSEC

0 Comments