Incident Reports

बलात्कार घटना मुद्दा प्रहरीले कमजोर पारेको पीडितपक्षको आरोप

2015-02-21

Lumbini, Banke, Kohalpur

एक चार वर्षीया बालिका बलात्कार घटनामा प्रहरीले मुद्दा कमजोर पारेको पीडित पक्षले आरोप लगाएको छ । चैत १८ गते नेपालगञ्जमा पत्रकार सम्मेलन गर्दै पीडित बालिकाकी आमाले बलात्कार भएको घटनामा बलात्कारको प्रयास भनेर प्रहरीले मुद्दा दर्ता गर्दा न्यायबाट बञ्चित भएको बताइन् । बालिकालाई फागुन ९ गते ७८ वर्षीय काल्सु दमाइले मिठाइको प्रलोभन देखाएर बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन १० गते इलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी दिएको थियो । पीडित बालिकाको फागुन ९ गते भेरी अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण भएको थियो । आरोपितलाई सोही दिन इलाका प्रहरी कार्यालयले कोहलपुरले गिरफ्तार गरेको थियो । आरोपितलाई चैत ४ गते सादा तारेखमा रिहा गरेपछि आरोपितले गाउँमा भोज गरेको पीडित पक्षले बतायो । चैत २३ गते अदालतमा पेशी रहेको छ । पीडितपक्षले मुद्दा कमजोर परेका कारण आरोपितले उन्मुक्ति पाउने भन्दै पीडकलाई कानूनी दायरामा ल्याउन र बलात्कारको मुद्दा चलाउन सहयोगका लागि सबैसँग आग्रह गरेकी छन् । चार वर्षीया बालिकाले घटनाको बारेमा आफैँ सुनाउदा समेत प्रहरीले बलात्कार प्रयास भनेर मुद्दा दर्ता गराउदा आफु माथि अन्याय भएको गुनासो गरेकी छन् । बिनोद पाण्डे
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments