Incident Reports

सिके राउत कार्यकमस्थलबाटै गिरफ्तार

2015-04-04

Province 1, Jhapa, Barhadashi

मधेशलाई छुट्टै राज्य बनाउने अभियानमा सकृय सीके राउतलाई ०७१ चैत २१ गते दिउँसो राजगढबाट प्रहरीले गिरफ्तार गरेको छ । राज्यद्रोहको अभियोगमा मुद्दा खेप्दै आएका राउतलाई कार्यक्रमस्थलबाटै तीनबजे प्रहरीले नियन्त्रणमा लिएको हो । सीके राउतले सम्बोधन गर्ने योजनाका साथ दक्षिणी झापाको राजगढमा बृहत आमसभा आयोजना गरिएको थियो । प्रशासनले आमसभा गर्न नदिन शुक्रबारदेखि त्यो क्षेत्रमा सयौँको सङ्ख्यामा प्रहरी परिचालन गरेको थियो । । प्रशासनले ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरेको थाहापाएपछि राउत नआउने हल्ला फैलाइए पनि अपरान्हपछि आएका राउतलाई कार्यक्रमस्थलबाटै प्रहरीले गिरफ्तार गरेको थियो । राउतलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गरेको लाठी चार्जबाट राउत समर्थक केही कार्यकर्ता समेत घाइते भएको बताइएको छ । राउतलाइ जिल्ला प्रहरी कार्यालय झापामा राखेर अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अर्जुन बस्नेत
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Madhes-based Parties
Actor 2 - Youth na
INSEC

0 Comments

Related Trend Analysis