Incident Reports

बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

2015-04-05

Gandaki, Kaski, Pokhara Lekhnath

I६ वर्षीया र ७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बाग्लुङ जिल्ला बुर्तीवाङ गाविस–१ का ४८ वर्षीय भवन्ते विकलाई चैत २२ गते साँझ प्रहरीले पोखराबाट गिरफ्तार गरेको छ । आरोपितले आफन्तको घरमा आएको वेला चैत २२ गते साँझपख बालिकाद्वयलाई मिठाई र मोवाईल खेलाउन दिएर बलात्कार गरेको भन्दै पीडित परिवारले तत्कालै प्रहरीमा खवर गरेका थिए । बालिकामाथि बलात्कार भएको मौखिक उजुरीका आधारमा आरोपितलाई घटनास्थलबाट गिरफ्तारपछि चैत २३ गते जवरजस्ती करणी मुद्दामा म्यादथप गरी अनुसन्धान अगाडि बढाइएको अनुसन्धान अधिकृत देवीप्रसाद पौडेलले बताए । एक बालिकालाई बलात्कार गरेपछि पुनः अर्की बालिकालाई बलात्कार गर्नेक्रममा बालिका रोएको सुनेपछि आफन्तले उद्धार गरेका थिए । आफन्तकोमा पाहुना भएर आएका आरोपितले खेलाउने क्रममा दुवैजना बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।पीडित दुवैजना बालिकाको चैत २२ गते नै पश्चिमाञ्चल क्षेत्रीय अस्पतलामा स्वास्थ्य परीक्षण भयो । इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यालय,पोखरा
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 2
Female Raped 2
Youth Raped 2
INSEC

0 Comments