Incident Reports

झापामा बन्द यथावतै, बन्दकर्ताले एउटा भारतीय भ्यान जलाए

2015-04-08

Province 1, Jhapa, Kankai, Ward 3

एमाओवादी झापाकी अध्यक्ष धर्मशीला चापागाईं लगायत ३० दलीय मोर्चाका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको विरोधमा आन्दोलनरत मोर्चाका कार्यकर्ताले झापा बन्द यथावत राखेका छन् । मंगलबार बेलुका चापागाईंलाई प्रहरीले पक्राउ गरेपछि मोर्चाका कार्यकर्ता आक्रोशित बनेका छन् । मंगलबारै मेचीनगर नगरपालिकाको कार्यालय र दमकस्थित मालपोत कार्यालयमा तोडफोडमा संलग्न मोर्चाका केही कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका चापागाईं तथा अन्य कार्यकर्ताको रिहाईको माग गर्दै झापा बन्द यथावत राखिएको मोर्चाका कार्यकर्ताले बताएका छन् । बुधबार विहान सवा आठ बजे मोर्चाका कार्यकर्ताले पूर्वपश्चिम राजमार्गस्थित चारालीनजिक देउनीया खोलाको पुलमा एउटा भारतीय मारुती भ्यानमा आगजनी गरेका छन् । डब्लुबी ७४ बी ९५९५ नम्बरको उक्त भ्यानमा दार्जीलिङको खरसाङबाट ६ जना धरानको बुढासुब्बा मन्दिरमा पुजा गर्न जाँदै गरेको भ्यानका चालक छिरिङ लामाले बताए । दक्षिणतिरबाट मोटरसाइकलमा आएका मोर्चाका कार्यकर्ताले भ्यानमा आगजनी गरेर उत्तरतिर भागेको छिरिङले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Secondary Form Strike/Bandh
Weapons Fire
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people 6
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Totally damaged Vehicles 1
National/Online Media

0 Comments

Related Trend Analysis