Incident Reports

१४ वर्षीया बालिका विवाह गर्न खोज्ने गिरफ्तार

2015-03-17

Province 1, Bhojpur, Shadananda

१४ वर्षीया एक बालिकालाई चैत ३ गते भगाई विवाह गर्न खोज्ने भोजपुर कुदाककाउले–५ का ४५ वर्षीय कमल दर्जीलाई चैत २८ गते दिङला प्रहरीले नियन्त्रणमा लिएको छ । परिवारले छोरीको खोजी गरिदिन भन्दै चैत ४ गते कुदाककाउले प्रहरी चौकीमा हुलिया सहितको उजुरी दिएपछि प्रहरीले सङ्खुवासभाको चिचिला प्रहरीले पक्राउ गरी दिङला जिम्मा लगाएका हुन् । सावित्री उच्च माविमा कक्षा–८ मा अध्यनरत उनलाई ललाई फकाई भगाएको भन्दै बुवाले छोरीको भविष्य माथि दर्जीले खेलवाड गरेको बताए । दोषी उपर कडा कारवाही गर्न उनको माग गरे । कुदाककाउले प्रहरी चौकीका इन्चार्ज असइ ज्ञानबहादुर श्रेष्ठले भने उजुरीका आधारमा कारवाही अघि बढाएको बताए । चैत ३ गतेदेखि सम्पर्कविहीन बनेका दुवैजना २४ दिनपछि चैत २७ गते मात्र पक्राउ परेका थिए । बालअधिकृत सुमन अधिकारीले भने बालबालिकाको मनस्थिति परिपक्व नहुने र ललाई फकाइ गर्दा मान्ने भएकाले बालविवाह गर्न कोसिस गर्नु अपराध भएको बताउँदै आरोपितमाथि कानुनी कारवाही गरेर निरुत्साहित गर्नु पर्ने बताए । छेटु शेर्पा
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 1
Female Abducted 1
Youth Abducted 1
INSEC

0 Comments