Incident Reports

कथित बोक्सीको आरोप लगाएर कुटपिट गर्नेविरुद्ध उजुरी

2015-04-04

Province 1, Khotang, Rupakot Majhuwagadhi

 दिक्तेल नगरपालिका–५ की ५० वर्षीया लक्की शेर्पाले आफूलाई कथित बोक्सीको आरोप लगाएर कुटपिट गरेको भन्दै सोही स्थानका ५५ वर्षीय नुरीबावु शेर्पा र उनकी पत्नी ४५ वर्षीया नुरकुमारी शेर्पालाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय दिक्तेलमा चैत ३० गते उजुरी दिएकी छिन् । आरोपितहरूले चौपाया र घर परिवारका व्यक्ति बिरामी परेको र आफ्नो कारणले सबै घटना भएको भन्दै पटक पटक मानसिक यातना दिँदै आएकोमा पछिल्लो समय चैत २१ गते ‘तँ बोक्सी होस्’ भन्दै दुवै जनाले लाठी र मुड्कीले कुटपिट गरेको पीडितको उजुरीमा उल्लेख छ । पीडितको उजुरीको आधारमा आरोपितहरूलाई झिकाएर आवश्यक छलफल गराइने जिल्ला प्रहरी कार्यालय दिक्तेलका मुद्दा शाखाका सई यादव गौतमले बताए । उनले भने एकचरणमा छलफल गराइन्छ, सहमति नभए मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अघि बढ्छ । डिएम चाम्लिङ राई
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments