Incident Reports

विद्युत लाइन काटिएको विरोधमा भेरी अञ्चल अस्पताल ठप्प, इमरजेन्सी सेवा पनि बन्द

2015-04-17

Lumbini, Banke, Nepalgunj

 भेरी अञ्चल अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीले आफू बस्ने क्वाटरको विद्युत लाइन काटिएको विरोधमा सम्पूर्ण सेवा बन्द ठप्प पारेका छन् । अस्पताल प्रशासनले लामो समयदेखि विद्युत महशुल नतिरेपछि नेपाल विद्युत प्राधिकरणले गत बुधबार विद्युत कटौती गरेको थियो । अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरुले शुक्रबार बिहानैदेखि इमरजेन्सीलगायत सेवा ठप्प पारेका छन् । अस्पताल प्रशासनको लापरवाहीका कारण विद्युत लाइन काटिएको र अध्यारोमा बस्नु परेपछि चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् । अस्पताल डा. संकेत रिसालले अस्पतालमा विद्युत सेवा सुचारु गर्ने सहमति कार्यान्वयन नभएपछि आन्दोलनमा उत्रिनु परेको बताए । चित्किसकहरुको आन्दोलनपछि विरामीहरु समस्यामा परेका छन् । अस्पतालले प्राधिकरणलाई ७६ लाख महसुल तिर्न बाँकी छ । कार्यालय, चिकित्सक र कर्मचारी क्वार्टरको विद्युत काटिएको हो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Program Interference/Obstruction
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
National/Online Media

0 Comments