Incident Reports

बालिका बलत्कारका आरोपितविरुद्ध उजुरी

2015-04-16

Province 1, Jhapa, Birtamod

Arjun Basnet बालिका बलात्कारको अभियोगमा विर्तामोड–७ का नविन चुडाललाई इलाका प्रहरी कार्यालय विर्तामोडले गिरफ्तार गरेको छ । चुडालले विर्तामोडस्थित काकीको कोठामा पाहुँना आएकी नौ वर्षीय बालिकालाई बलात्कार गरेको उजुरीको आधारमा गिरफ्तार गरेको हो । घरको नजिकै च्याउ फाराममा च्याउ हेर्न गएकी बालिकालाई चुडालले ०७२ वैशाख ३ गते बेलुकी ५ बजे आरोपितले बलात्कार गरेका थिए । घटनालगतै बालिका चिच्याउँदै कोठामा पुगेपछि उनको काकीले सोधपुछ गर्दा बलात्कार गरेको सार्वजनिक भएको थियो । घटना बुझेपछि बालिकासहित इलाका प्रहरी कार्यालय विर्तामोड पुगेकी उनकी काकीले उजुरी गरेपछि प्रहरीले चुडाललाई घट्ना भएकै साँझ गिरफतार गरेको छ । बालिकाको स्वास्थ्य परीक्षण सोही दिन वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी सञ्जय राउतले बताए । उक्त दिन ४ वजे उनलाई कोठामै छोडेर किनमेल गर्न विर्ताबजार गएको बेलामा ती बालिकामाथि बलत्कार भएको थियो । पीडित बालिका परीक्षा सकिएपछि गत ०७१ चैत ३० गते काकीकोमा पाहुँना आएकी थिइन् । पीडितको काकीको परिवार विगत केही वर्षयता अरोपितको घरमा भाडामा बस्दै आएका थिए । पीडित बालिकाका अभिभावकले ईलाका प्रहरी कार्यालयमा ०७२ वैशाख ४ गते लिखित उजुरी दर्ता गरेको जानकारी डिएसपी राउतले दिए । अर्जुन बस्नेत
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments