Incident Reports

आफ्नै नाती को कुटाई बाट वृद्धा घाइते

2015-04-01

Gandaki, Gorkha, Palungtar

मिठो ख्वाउने र राम्रो लगाउन दिने वेला भएकी गोेरखा पालुङटारकी ८५ वर्षीया देउरुपा गुरुङ नातीको कुटपिटबाट गम्भीर घाइते हुनुभएको छ । गोरखा पालुङटार नगरपालीका ११ की ८५ वर्षीया देउरुपा गुरुङ ३६ वर्षका नाती गगन गुरुङको आक्रमणबाण घाइते हुनुभएको हो । नातीको डाडु र पन्यू प्रहारबाट देउरुपाका दुबै आँखा समेत निस्किएको प्रहरीले जनाएको छ । बैशाख ४ गते बेलुकी खाना खाने विषयमा विवाद भएपछि नातीले हजुरआमालाई मरणासन्न हुने गरि कुटपिट गरेको प्रहरी निरीक्षक दिपक श्रेष्ठले बताउनुभयो । कुटपिटपछि उनले हजुरआमाको दुबै आँखासमेत डाडुले खोपेर निकालिदिएका हुन् ।जसका कारण देउरुपाले पूर्ण रुपमा दृष्टि गुमाउनुभएकोे आफन्त गोमा गुरुङले बताउनुभयो । अहिले काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार गराईरहनुभएका देउरुपाको अवस्था चिन्ताजनक रहेको अस्पताललाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नातीलाई पक्राउ गरि ज्यान मार्ने उद्योग अन्तर्गत मुद्धा दर्ता गरि अनुसन्धान भैरहेको प्रहरी निरिक्षक श्रेष्ठले जानकारी दिनुभयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
National/Online Media

0 Comments