Incident Reports

कास्कीमा फेरि बालिका र किशोरी बलात्कृत

2015-04-21

Gandaki, Kaski, Pokhara Lekhnath

 पोखरामा फेरि दुईवटा बलात्कारका घटना सार्वजनिक भएका छन्। बलात्कृत हुनेमा पाँच वर्षीया बालिका र १६ वर्षीया किशोरी रहेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा–१५ पस्र्याङकी पाँच वर्षीया बालिकालाई स्याङ्जा जिल्ला मनकामना–३ घर भई हाल सोही ठाउँ बस्ने १८ वर्षीया कुमार गुरुङले बलात्कार गरेको जनाएको छ। कास्कीका प्रहरी प्रमुख हरिबहादुर पालका अनुसार गुरुङले बालिकालाई टिभी हेर्न आफ्नो कोठामा बोलाएको र मिठाई दिएर बलात्कार गरेका थिए। बालिकाको आफन्तको उजुरीपछि अभियुक्त गुरुङलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। त्यसैगरी पोखरा–१७ बस्ने एक १६ वर्षीया किशोरी पनि बलात्कारमा परेकी छन्। बलात्कारमा संलग्न चितवन कठार घर भई हाल सोही ठाउँ बस्ने सेवा चौधरीले किताब लिन बोलाएर आफ्नो कोठामा बलात्कार गरेका थिए। चौधरीलाई प्रहरीले वैशाख ५ गते पक्राउ गरी जबर्जस्ती करणी उद्योग मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 2
Female Raped 2
Youth Raped 2
National/Online Media

0 Comments