Incident Reports

किसानले चिनी मिलका अध्यक्षसहित कर्मचारीलाई थुने

2015-04-21

Madhes, Rautahat, Garuda

चिनीमिलले करोडौं रुपैयाँ बराबरको चिनीको मूल्य नदिएको भन्दै किसानले श्रीराम सुगर मिल्स गरुडाको अध्यक्ष सहित तीन उच्च कर्मचारीलाई कार्यकक्षमै थुनेका छन् । रौतहट, वारा र सर्लाहीका किसानहरुले गत बर्ष उखु विक्री गरेवापतको करोडौं रकम मिल्सले बक्यौता राखेेकोमा पटक पटक भुक्तानीका लागि आग्रह गर्दा व्यवस्थापन पक्षले कुनै वास्ता नगरे पछि आक्रोशित बनेका किसानहरुले गरुडा मिल्सका अध्यक्ष ललित बहादुर थापा, उपाध्यक्ष वाइके शर्मा र प्रोडक्सन मेनेजर राजिव सिंहलाई उनकै कार्यकक्षमा दिउसो १२ बजेदेखि राति एकबजेसम्म थुनेको उखु उत्पादक संघका अध्यक्ष अशोक यादवले जानकारी दिए । मिलले किसानको गत बर्षको २१ करोड र चालु आर्थिक बर्षको एक अरब गरी झण्डै सवा अरब रुपैया भुक्तानी दिन बाँकी रहेको छ । संघको नेतृत्वमा गएका किसानहरुले मिलका कर्मचारीहरुलाई कार्यालयमा प्रवेश गर्नमा रोक लगाएर उच्च पदस्थ कर्मचारीलाई कार्यकक्षमै थुनेर नारावाजी गरेका थिए । चिनी मिलका जीएमसहित उच्च अधिकारीहरु कार्यकक्षमा थुनिए पछि ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरिक्षक संतु जयसवाल, सशस्त्र प्रहरी निरिक्षक पुष्कर सिंह लगायतका प्रहरी अधिकृतहरुले वार्ता मार्फत समस्या समाधान गर्न अनुरोध गर्दै चिनी मिलका अधिकारीहरुलाई राति १ बजे कार्यकक्षबाट बाहिर निकालेका थिए । प्रहरी अधिकारीहरुले प्रमुख जिल्ला अधिकारी मदन भुजेलसँग फोन सम्पर्कमा कुरा गराउदै बुधवार बिहान वीरगंजमा चिनी मिलका सँचालक र किसानहरुबीच वार्ता गराउने भने पछि किसानहरुले चिनी मिलका अधिकारीहरुलाई छोडेको अध्यक्ष यादवले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Secondary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 300
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth na
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
National/Online Media

0 Comments