Incident Reports

प्रहरीद्वारा किशोरी बलात्कार

2015-04-22

Bagmati, Kathmandu, Kathmandu

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक -एसपी) विश्वराज पोखरेलले अभियुक्त प्रहरी जवान महरविरुद्ध मुद्दा दर्ता भएको जानकारी दिए। उनले यस्ता घटनाले प्रहरीको शिर निहुरिएको उल्लेख गर्दै दोषीलाई कडा कारबाही गरिने बताए। राजधानीमा सुस्त मनस्थितिकी एक किशोरी प्रहरीद्वारा बलात्कृत भएकी छन्। काँडाघारी बस्ने १४ वषर्ीया किशोरीलाई प्रहरी जवान रामधीर महरले बलात्कार गरेका हुन्। प्रहरी स्रोतका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वी गेटमा आइतबार साँझ ६ बजेसम्म ड्युटी गरेका महरले राति साढे ७ बजे काँडाघारीमा किशोरी बलात्कार गरेका हुन्। मादक पदार्थ सेवन गरेका उनले सडकमा रहेकी किशोरीलाई सार्वजनिक शौचालयमा लगेर बलात्कार गरेका थिए। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक -एसपी) विश्वराज पोखरेलले अभियुक्त प्रहरी जवान महरविरुद्ध मुद्दा दर्ता भएको जानकारी दिए। उनले यस्ता घटनाले प्रहरीको शिर निहुरिएको उल्लेख गर्दै दोषीलाई कडा कारबाही गरिने बताए। किशोरी रोएको सुनेर दौडिँदै पुगेका स्थानीयले युनिर्फममै रहेका प्रहरी जवानलाई नियन्त्रणमा लिई पूर्वी गेटका सेनालाई जिम्मा लगाइदिएका थिए। सेनाले प्रहरीकहाँ बुझाएको थियो। रौतहट घर भएका महर २०६४ मा प्रहरीमा भर्ती भएका थिए। उनका घरमा श्रीमती र दुई जना छोराछोरीसमेत छन्। सुस्तमनस्थिति भएकी किशोरी बाबुआमासँग काँडाघारी बस्दै आएकी थिइन्। रामेछाप घर भएका किशोरीका बाबु ज्यामी काम गर्छन्। आमा रोगी छिन्। उनी सुस्तमनस्थितिकै कारण ३ कक्षाभन्दा अगाडि पढ्न सकिनन्। किशोरीका बाबुले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा जबर्जस्ती करणी मुद्दामा किटानी जाहेरी दर्ता गरेका छन्। ११ दिनअघि काभ्रेको पनौतीमा ड्युटीमै बसेका दुई प्रहरीले दुई किशोरीमाथि बलात्कार गरेका थिए। उनीहरूले चैत २८ गते सिविनको सुधारगृहबाट भागेका १४ वषर्ीया किशोरीलाई पक्राउ नगर्ने सर्तमा एकान्तमा लगेर बलात्कार गरेका थिए। उनीहरूविरुद्ध जिल्ला प्रहरी कार्यालय काभ्रेमा मुद्दा चलिरहेको छ। प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले संगठनका कर्मचारीको गतिविधि लज्जास्पद र अक्षम्य भएको बताए। उनले 'सिंगो संगठनलाई नै गम्भीर बनाएको बताउँदै प्रहरीद्वारा नै यस्ता घटना घट्नुको कारण पत्ता लगाउन गृहकार्य भइरहेको' बताए। 'त्यस्ता व्यक्तिको पृष्ठभूमि, अरू आपराधिक गतिविधिमा संलग्नताको विषयमा अध्ययन गरिरहेका छौं,' अर्यालले भने, 'कारण पत्ता लागेपछि त्यहीअनुसारको समाधानतर्फ जान्छौं।' जनताको सुरक्षा गर्ने संगठनबाट नै यस्ता गतिविधि हुँदा विश्वास गुम्नेतर्फ आफू सचेत रहेको उनले उल्लेख गरे।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments