Incident Reports

दिदीबहिनी बलात्कार गर्ने पक्राउ

2015-04-21

Province 1, Jhapa, Birtamod

RSS नाबालिका दिदीबहिनीलाई बलात्कार गरेको आरोपमा झापाको बिर्तामोडबाट प्रहरीले आज एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा शनिअर्जुन नगरपालिका–५ निवासी ३९ वर्षीय शङ्कर भनिने सिंहबहादुर खवास रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ। मादकपदार्थ सेवन गरेका खवासले सोही ठाउँ निवासी नाबालिकाद्वयलाई पालैपालो बलात्कार गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक सञ्जयबहादुर राउतले जानकारी दिए। पीडित नाबालिकाद्वय दिदीबहिनी हुन्। उनीहरुलाई खवासले मङ्गलबार साँझ एक–एक रुपैयाँको सिक्का दिएर घरको कोठामा नै बलात्कार गरेको बताइएको छ। घरमा कोही नभएको मौका छोपी रक्सीले मातेर आएका खवासले पहिले ६ वर्षीया दिदी र त्यसलगत्तै ३ वर्षीया बहिनीलाई बलात्कार गरेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक राउतले बताए। खवासले नाबालिकालाई बलात्कार गर्ने क्रममा नाबालिका चिच्याएपछि स्थानीयवासीले देखेका र खवासलाई पक्राउ गर्न खोज्दा उनी भागेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीलाई खबर गरेलगत्तै आज बिहान खवासलाई पक्राउ गरिएको बताइएको छ । पीडित दुवै नाबालिकाको गएराति नै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरिएको प्रहरी नायब उपरीक्षक राउतले जानकारी दिए। रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 2
Female Raped 2
Youth Raped 2
National/Online Media

0 Comments