Incident Reports

बहुविवाह गरेको आरोपमा प्रहरी नायव निरीक्षक हिरासतमा

2015-04-23

Karnali, Dailekh, Narayan

बहुविवाह गरेको आरोपमा प्रहरीका एक जना जुनियर अधिकृत दैलेखमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतमा कार्यरत प्रहरी नायव निरीक्षक दिपेन्द्र खत्री कान्छी श्रीमती सहित पक्राउ परेका हुन् । दैलेखको नारायण नगरपालिका–६ निवासी खत्रीले गाउँमै विवाह गर्न लागेकै अवस्थामा स्थानीय लाँकुरी गाविस–३ की आस्था बिष्ट सहित विवाह मण्डपबाटै प्रहरीले बिहीबार पक्रेको हो । नायव निरीक्षक खत्रीले पाँच वर्ष अघि विवाह गरेकी काठमाडौं मच्छेगाउँकी यशोदा केसीले आफूमाथि सौता हाल्न लागेको जिल्ला प्रहरी कार्यालयमा पूर्व जानकारी सहितको लिखित जाहेरी दिए अनुसार खत्रीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक पुस्करबहादुर चन्दले जानकारी दिनुभयो ।
National/Online Media

0 Comments