Incident Reports

बलात्कार गरेको आरोपमा युवक गिरफ्तार

2015-04-25

Bagmati, Makawanpur, Bhimphedi, Ward 6

बलात्कार गरेको आरोपमा एक युवकलाई ०७२ वैशाख ८ गते प्रहरीले गिरफ्तार गरेको छ । फापरवारी गाविस–७ का ३५ वर्षीय विक्रम राईलाई २५ वर्षींया एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । जंगलमा घाँस काट्न गएको अवस्थामा राईले युवतीलाई जवरजस्ती करणी गरेका थिए । युवतीले घरमा आएपछि अभिभावकहरूलाई घटना सुनाएपछि आफन्त र छिमेकीले राईलाई समातेर इप्रका फापरवारीका प्रहरीलाई ०७२ वैशाख ८ गते बुझाएका थिए । प्रहरीले राईलाई जबरजस्ती करणीको मुद्दा अदालतमा दायर गरेर थप अनुसन्धानका लागि म्याद थप गरेको छ । युवकले प्रहरी समक्ष सहमतीमा नै यौनसम्पर्क गरेको बयान दिएका छन् । पीडितले इप्रका फापरवारीमा ०७२ वैशाख ८ गते पीडकलाई कारवाहीको माग गर्दै उजुरी दिएकी थिइन् । उनको स्वास्थ्य परीक्षण हेटौडा अस्पतालमा ०७२ वैशाख ९ गते गरेकी थिइन् । प्रताप विष्ट
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments