Incident Reports

गोरखामा मृतकको संख्या चार सय पुग्यो, राहात बितरण भद्रगोल

2015-04-28

Gandaki, Gorkha, Gorkha, Ward 10

गोरखामा महाभुकम्पबाट अहिले सम्म मृत्यू हुनेको संख्या चार सय हाराहारी पुगेको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ अनुसार अहिले सम्म तीन सय ७५ जनाको पहिचान भईसकेको र केही बेपत्ता छन् । उत्तरी दुर्गम गाविस लाप्राक, गुम्दा, उहीया लगायतका आधा दर्जन माथिल्ला गाविसमा अहिले सम्म उद्वार हुन सकेको छैन । सोमवार लाप्राकका लागि उँडाईएको हेलिकप्टर अन्यत्रबाटै घाईते लिएर फर्केपछि लाप्राकको अवस्था अझै अन्यौल रहेको छ । मौसम प्रतिकुल रहेका कारण बिहानै देखि उत्तरी दुर्गम गाविसका लागि हेलिकप्टर उँडाउने योजना रहेपनि अहिले सम्म जान सकेको छैन । अहिले उत्तरी दुर्गम गाविसका लागि अहिले ६ वटा हेलिकप्टरबाट अहिले उद्धरा गर्ने तयारी भईरहेको गोरखाका प्रहरी प्रमुख अर्जुन चन्दले बताए । महाभुकम्पबाट ९० प्रतिशत भन्दा बढि घर ध्वस्त भएको गोरखामा राहात नपाएपछि गाउँ गाउँमा रुवाबासी चलेको छ । राहत र त्रिपाल नपाएपछि गाउँ गाउँका स्थानीय खुल्ला आकाशमा भोकै रात बिताउन बाध्य बनेका छन् । एक गाविसलाई एक सय वटा त्रिपाल र पाँच बोरा चिउरा बितरण गरिएको छ । त्यो राहत पनि नेता र पहुँचवालाका गाउँमा मात्रै पुगेका छन् । एकै गाविसका हजारौँ घर ध्वस्त भएको ठाउँमा सय वटा पालले राहात हात्तीको मुखमा जिरा जस्तै भएको गुनासो स्थानीयले गरेका छन् । जिल्ला सदरमुकाममा बिभिन्न संघ संस्था र अन्य जिल्लाबाट आएका राहत समग्री त्यसै थन्किएको छ । गाउँ गाउँबाट सदरमुकाम सम्म राहत लिन स्थानीय आउन थालेका छन् । जिल्ला दैविकप्रकोप उद्धार समितिले राहत बिरण प्रभावकारी बनाउन नसकेको हो । ६० गाविस र दुई नगरपालिका रहेको गोरखामा अहिले सम्म एक दर्जन गाविसमा पनि मुस्किलले सय वटा त्रिपाल र ५ बोरा चिउरा मात्रै पुगेको छ । तीन दिन देखि खुल्ला आकाशमा भोको पेट बस्नुपरेको गुनासो स्थानीयले गरेका छन् ।

खोपलांग गाविसमा वितरणका लागि राहत सामग्रीहरू गोरखा जिल्ला सदरमुकाममा स्थानीयले रोके जसले राहत टोलीहरुलाई गोरखा वितरण गर्न बाध्य तुल्याए।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Program Interference/Obstruction
Primary Cause Issues related to the delivery of government aid programs (e.g. earthquake rehab/recon)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments