Incident Reports

राहत सामग्री नपाएपछि भूकम्प पीडितद्वारा प्रशासन र जिविसमा तोडफोड

2015-04-29

Bagmati, Dolakha, Bhimeshwor

” भूकम्पपीडितहरुले राहत सामग्री नपाएपछि अहिले जिल्ला प्रशासन कार्यालय र जिल्ला विकास समितिमा विरोध प्रदर्शन गर्दै तोडफोड गरिरहेका छन् ।भूकम्प आएको चार दिन बितिसक्दा पनि त्रिपाल, खानेपानी, खाद्यान्न सामग्री नपाएको भन्दै पीडितहरुले प्रशासन र जिविसमा तोडफोड गरेका हुन् । विरोध प्रदर्शन र नाराबाजी गर्दै पीडितहरुले प्रशासन कार्यालयमा पसेर टेबुल, कुर्सी निकाली बाहिर ल्याइ जलाएका छन् । पीडितले लामाबगरमा अलपत्र परेका यार्सागुम्बा सङ्कलकहरुको उद्धार गर्न ढिलाइ गरेको भन्दै आपत्ति जनाएका छन् । सयौँको सङ्ख्यामा प्रशासन र जिविस कार्यालय पुगेका पीडितले राहत सामग्री नपाएको भन्दै बिहानैदेखि विरोध प्रदर्शन गरेका हुन् । प्रशासनले अहिलेसम्म राहतका कुनै पनि सामग्री बाँड्न सकेको छैन । गाउँगाउँबाट पीडितहरु सामग्री लिन प्रशासन कार्यालय आउने क्रम बढेको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले राहत सामग्री जिल्लामा उपलब्ध हुन नसकेका कारण पीडितलाई वितरण गर्न नसकिएको बताए । रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Secondary Form Violent demonstration
Weapons Blunt weapon , Fire
Primary Cause Issues related to the delivery of government aid programs (e.g. earthquake rehab/recon)
Secondary Cause Issues related to the delivery of government aid programs (e.g. earthquake rehab/recon)
Actor 1 - Number of people 150
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments