Incident Reports

भूकम्पमा मृत्यु हुनेको संख्याले सात हजार नाघ्यो

2015-05-03

Bagmati, Kathmandu, Kathmandu, Ward 10

भूकम्पमा परी ज्यान गुमाउनेको संख्या सात हजार नाघेको छ।गृह मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म मुलुकभर सात हजार ४० जनाको मृत्यु भएको छ। साढे १४ हजार जति घाइते भएका छन्। सबैभन्दा बढी मानवीय क्षति सिन्धुपाल्चोकमा भएको छ। सिन्धुपाल्चोकमा दुई हजार ५८० जनाको मृत्यु भएको छ।त्यसैगरी नुवाकोटमा ६५९, गोरखामा ४१०, काभ्रेमा ३११ र रसुवामा ३०६ जनाको मृत्यु भएको छ। राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार पूर्वाञ्चलमा ५२, मध्यमाञ्चलमा छ हजार ३६९, पश्चिमाञ्चलमा ४१८ र मध्यपश्चिमाञ्चलमा दुई जनाको मृत्यु भएको जनाएको छ। भूकम्पबाट करिब असी लाख जनसंख्या प्रभावित भएको छ। सर्वसाधारणका एक लाख ४१ हजार २३३ घर पूर्ण क्षति भएका छन् भने आंशिक एक लाख ४९ हजार ६५९ घर क्षति भएका छन्। भूकम्पका कारण १० हजार ४७७ सरकारी घर तथा भवन पूर्णरुपमा क्षति भएका छन्। आंशिकरुपमा १४ हजार १६८ घर तथा भवन क्षति भएका छन् ।

0 Comments