Incident Reports

लुटिँदै राहत सामग्री

2015-05-04

Bagmati, Dolakha, Bigu

भूकम्पको पीडाले एक थरी मानिस आहत भइरहेका बेला केहीलाई भने चोर्ने र लुट्ने माैका मिलेको छ । भूकम्पपछि खुलाचौरमा बसिरहेका सर्वसाधारणको घर चोर्न पनि सक्रिय छन् । अर्कोतिर मौका यही हो भन्दै पीडितका लागि ओसार्दै गरेको राहतलाई लुट्ने गिरोह पनि उत्तिकै छ । राहतको विषयमा वादविवाद र कुटाकुट पनि भइरहेका छन् । चरिकोट बजार र ग्रामीण क्षेत्रहरूका भत्किएको घरभित्र चोरीको घटना पनि हुन थालेको छ । पाखाटोलमा चोरी भएको सुरज श्रेष्ठले जानकारी दिए । दोलखाका लागि सभासद, राजनीतिज्ञ, पेसा व्यवसायी, बुद्धिजीवीहरूले आफ्नै र विभिन्न स्थानबाट संकलन गरी पठाएको राहतका ट्रकहरू जिल्ला भित्रनु अगावै लुटिएका छन् । कान्छी सगरमाथा आरोही निमडोमा शेर्पाले आफ्नै सक्रियतामा गृह गाउँ सिमिका लागि संकलन गरेर ल्याएको सामग्री प्रहरीको गस्तीसाथमा ल्याउनुपर्‍यो । सिन्धुपाल्चोकको अधेरीबाट प्रहरी भ्यानले स्कर्टिङ गर्दा पनि जोगाएर ल्याउन मुस्किल परेको उनले बताइन् । ‘बल्लतल्ल ल्याएको १ ट्रक राहत बुझाउन सेनाको व्यारेकभित्र आदेश कुर्नुपर्दा भने मन दुख्यो,’ आरोही निमडोमाले दु:खी हुँदै भनिन्, ‘दु:ख पाएका जनताका लागि स्वस्फूर्त प्राप्त हुने राहत बुझ्ने प्रक्रिया सहज र सबैको पहुँच हुने गरी २४ सै घण्टा खुला हुनुपर्छ ।’ दोलखाका ५६ हजार घरधुरीमध्ये करिब ५० हजार घर क्षतिग्रस्त भएकाले उनीहरूका लागि ल्याइएको सामग्री काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकस्थित राजमार्गमा बसेकाले लुट्ने गरेका छन् । सभासद आनन्दप्रसाद पोखरेलका अनुसार ४ ट्रक खाद्यान्न र सामग्री जिल्ला पुग्न सकेन । निकै आलोचनाको बाबजुत जिल्लास्थित राहत भण्डारण केन्द्र पनि सेनाको ब्यारेकमा राखिएको छ । स्थानीय प्रशासनले असुरिक्षत भएकाले सेनाको ब्यारेकभित्र भण्डारण गर्नुपरेको बताएको छ । भूमार्गबाट पीडितहरूका लागि राहत ल्याउन अरनिको राजमार्ग खतरा भएपछि इन्जिनियर महेन्द्रबहादुर कार्कीले खुर्कोटबाट रामेछाप हुँदै गृहगाउँ मेलुङमा राहत पुर्‍याए । उनले गाविस सचिव र राजनीतिक दलहरूको रोहबरमा ३ सय त्रिपालसहित १६ सामग्री वितरण गरेका छन् । दोलखाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले भूकम्पपीडितभन्दा पनि मौकाको फाइदा उठाउनेहरूबाट लुटपाट कार्य भइरहेकाले सुरक्षा बन्दोवस्त गरिएको बताए । उनका अनुसार राहत ल्याउने र पुर्‍याउने कार्यमा सुरक्षाकर्मी परिचालित भइरहेका छन् । सुरक्षा बन्दोवस्तको बाबजुद नै उत्तरको सिंगटी क्षेत्रका लागि खाद्य संस्थानले पाठाएको ४ सय बोरा चामलमध्ये ९१ बोरा लामिडाडाँस्थित बञ्चरेमा लुटिएको छ । नेपाली सेनाको आकस्मिक उद्धार क्याम्प सिंगटीका मेजर भीष्म रावलका अनुसार प्राप्त राहतलाई आवश्यकताको आधारमा वितरण गर्न सघाएको बताए । गाउँगाउँमा लान लागिएको राहत पनि लुटिने क्रम बढेको छ । जफेमा लगिएको राहत झुलेमा लुटिएको प्रहरी निरीक्षक शान्तबहादुर लामाले बताए । उनका अनुसार राहतकै विषयमा लामिडाँडामा झगडा भएको छ । राहत व्यवस्थापन समिति संयोजक रेशकलाल कडेलका अनुसार ४० हजार पाल आवश्यक भएकामा समितिको तर्फबाट २२ सय मात्र पठाइएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Robbery
Weapons None
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments