Incident Reports

बाबुलाई रक्सी खुवाएर छोरीको सामुहिक बलात्कार, एक युवक पक्राउ, अर्का फरार

2015-05-05

Lumbini, Dang, Dangisharan, Ward 4

पश्चिम दाङमा गए राति एक युवतीमाथि सामुहिक बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय खिलतपुरले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनौरी ९ रगैंचा निवासी १९ वर्षीय मनोज डाागी रहेको इप्रका खिलतपुरका प्रहरी निरीक्षक प्रमोद क्षेत्रीले जानकारी दिएका छन् । घटनाका अर्का आरोपी जना फरार रहेका छन् । सोही ठाउा निबासी फरार कृष्ण बिष्टको व्यापक खोजीकार्य जारी रहेको प्रहरी निरीक्षक क्षेत्रीले जानकारी दिए । पक्राउ परेका डाागीलाई थप अनुसन्धानका लागि आजै खिलतपुर प्रहरीले इलाका प्रहरी कार्यालय तुलसीपुरमा बुझाएको छ । गएराति करीब साढे ९ बजे दुई युवाले बुबालाई मदिरा सेवन गराएर लठ्ठ पारी अर्को कोठामा सुतिरहेकी छोरीमाथि सामुहिक बलात्कार गरेका थिए । १७ वर्षीया पीडित युवतीले दिएको जाहेरीमा दुई जना युवाले मुख थुनेर पालैपालो बालात्कार गरेको बताइकी छन् । पक्राउ परेका र नपरेका आरोपी विरुद्ध प्रहरीले जबरजस्र्ती करणी सम्बन्धि मुद्दा दर्ता गरेको छ । मुलुकी ऐन एघारौ संशोधनले गरेको सजायसम्बन्धी व्यवस्था अनुसार जबरजस्ती करणीको ३ नं. महल अनुसार १६ वर्ष देखी माथी २० वर्षभन्दा कम उमेरकी महिलालाई जबरजस्ती करणी गरेको पुष्टि भएमा ५ वर्षदेखि ८ वर्षसम्म कैदसजाय हुने व्यवस्था रहेको छ । यसैबीच दाङमा प्रहरीले दिएको प्रतिवेदनलाई आधार मान्नेहो भने अघिल्लो बर्षको तुलनामा यस बर्ष जबरजस्तीका घटना उकालो लाग्दो अबस्थामा देखिएको छ । पश्चिम दाङमा मात्रै आर्थिक वर्ष सुरु भए यता जबरजस्तीका घटना १४ वटा भएका छन् । अघिल्लो आर्थिक बर्ष २०७०/०७१ मा १० वटा घटना भएकोमा यस आर्थिक बर्ष २०७१/२०७२को हाल सम्म १४ वटा घटना भएको भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । यसरी दाङमा पछिल्लो समय जबरजस्ती करणीका घटनामा वृद्धि हुन थाले पछि महिलाहरु चिन्तीत हुन थालेका छन् । जबरजस्ती करणी गर्नेलाई कानुनमा कडा सजायको व्यवस्था नहुदा घटनामा वृद्धि भएको महिला अधिकारकर्मी शाबीत्रा विकले जानकारी दिइन् । यता प्रहरीले भने जनचेतना बृद्धिका कारण बलात्कारका घटनाहरु बढी बाहिर आउन थालेको बताए । पहिला घटना घटे पनि बाहिर नआउने र हिजो आज घटना हुने वित्तिकै अपराधीलाई कार्बाही गर्नु पर्छ भन्ने भावना मान्छेमा जागृत भएकाले बाहिर आउदा तथ्यांकमा वृद्धि देखिएको प्रहरी नायबउपरिक्षक चक्रराज जोशीले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments