Incident Reports

पन्ध्र वर्षीय किशोरी बलात्कृत

2015-05-11

Madhes, Mahottari, Gaushala, Ward 4

गौशाला (महोत्तरी), वैशाख २८ - महोत्तरीको परिकौली फुल्हट्टामा एक १५ वर्षीय किशोरी बलात्कृत भएकी छिन् । फुल्हट्टा परिकौली ८ बस्ने ताहिर अन्सारीका छोरा १९ वर्षीय रोहवर अन्सारीले स्थानीय एक १५ वर्षीय किशोरीलाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । रोहवर अन्सारीले विभिन्न लोभलालच देखाई तथा बिहे गर्ने झूठो वाचा गरेर ती किशोरीलाई बलात्कार गरेर फरार भएको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए । वैशाख २३ गतेका राति ७ बजेको समयमा बालिकालाई बलात्कार गरेर फरार भएका रोहवरका अभिभावक र पीडित पक्ष दुवैलाई गाउँमै भलद्मीले बैठक बसेर बलात्कृत किशोरीलाई रोहवरसँगै बिहे गराइदिने सहमति गराइएको थियो । तर पीडक रोहवर अहिलेसम्म पनि गाउँमा फर्किनआएपछि आज पीडितकी आमाको जाहेरीले जिल्ला प्रहरी कार्यालयले पीडक रोहवरमाथि जवरजस्ती करणी मुद्दा दायर गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शौरभ राणाले बताए । फरार रोहवरलाई खोजबिनका लागि विशेष प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक राणाले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments