Incident Reports

'बलात्कार गर्ने' एमाओवादी नेतालार्इ गाउँलेले समाए

2015-05-06

Karnali, Mugu, Mugum Karmarong

महिलालाई बलात्कार गरी फरार भएका एमाओवादीका एक जिल्ला सचिवालय सदस्यलाई गाउँलेले समाएका छन् । दुई साता देखि फरार रामजंग शाहीलाई मुद्धा मिलाउने भनी बोलाएर गाँउलेले घरभित्र थुनेर प्रहरीको जिम्मा लगाएका हुन् । एमाओवादी जिल्ला सचिवालय सदस्य धैनाकोट–६ निवासी ३७ वर्षीय रामजङ्ग शाही सोही गाविसकी महिलालाई बैशाख २३ गते राति बलात्कार गरी फरार भएका थिए । बैशाख २३ गते राति पिसाब फेर्न निस्केकी महिलालाई मुख थुनेर गाई गोठमा लगेर बलात्कार गरी फरार भएका शाहीलाई आईतबार उनकै घरभित्र थुनी गाउँलेले प्रहरीको जिम्मा लगाएका हुन् । पीडित महिलाले आफू बलात्कृत भएको जानकारी उनका पतिलाई गराएपछि पीडितपक्षले शाहीमाथि कारबाही माग गर्दै प्रहरीमा उजुरी दिएका थिए । घटनाको भोलिपल्ट गाउँलेवे समात्न खोज्दा शाही फरार भएका थिए । जाहेरी परेपछि गाउँलेको सहयोगमा कालै प्रहरी चौकीको टोलीलाई पठाएर गाउँलेको सहयोगमा आरोपित शाहीलाई गिरप्तार गरिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । आरोपित र पीडितलाई सोमबार जिल्ला प्रहरी कार्यालयमा पु¥याएपछि स्वास्थ्य जाँच गरिएको थियो । आरोपितविरुद्ध म्याद थपगरी कारबाहीप्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मित्रबहादुर आर्चायाले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Entity CPN M
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments