Incident Reports

युवतीको हत्या गरी फाल्न लागेको अवस्थामा सिलोङ होटलकी सञ्चालिका पक्राउ

2015-05-29

Province 1, Jhapa, Mechinagar, Ward 6

झापाको काँकडभिट्टास्थित सिलोङ होटलकी सञ्चालिका ४२ वर्षीया माया मुक्तानले शुक्रबारराति एक युवतीलाई हत्या गरी फाल्न लागेको अवस्थामा इलाका प्रहरी कार्यालय काँकडभिट्टाले पक्राउ गरेको छ । विर्तामोड निवासी मृतक युवती २० वर्षीया मन्दिरा विक केही दिनदेखि त्यही होटलमा बस्दै आएकी थिइन् । हत्याको कारण थाहा हुन नसके पनि प्रहरीले हत्यामा संलग्न रहेको आशङ्कामा होटेल सञ्चालिकाका छोरा विजय तामाङ, मनोज तामाङ र काभ्रे निवासी कुमार तामाङलाई पनि राति नै पक्राउ गरिसकेको छ । ती युवतीलाई राति ११ बजे चाकुले घाँटी रेटेर हत्या गरी मेचीनगर नगरपालिका–१० स्थित फोहर पानी बग्ने ठाउँमा १ बजे फाल्ने क्रममा मुक्तानलाई पक्राउ गरेको प्रहरी जनाएको छ । रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Others
Secondary Cause Other types of GBV
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments