Incident Reports

कांग्रेस नेताको घरबाट खोसियो पीडितको राहत सामग्री

2015-05-16

Bagmati, Kathmandu, Budhanilakantha, Ward 13

भूकम्प पीडितका लागि आएको राहतमा अनियमितता भइरहेको खबर सार्वजनिक भइरहँदा काठमाडौको बुढानिलकण्ठ चुनिखेलका स्थानीयवासीले कांग्रेसका स्थानीय नेताको घरबाट राहत सामग्री खोसेका छन् । नेपाली कांग्रेसका वडा समिति सभापति हरीराम श्रेष्ठ लगायतका घरबाट राहत सामग्री स्थानीयले कब्जा गरेका छन् । पीडितका नाममा आएको राहत पार्टी कार्यकर्तालाई मात्र बाँडेको आरोप लगाउँदै स्थानीयबासीले राहत सामग्री कब्जा गरेका हुन् । भूकम्पपीडितका लागि आएको राहत नेताहश्रले घरघरमा लुकाएर राखेर आफ्ना कार्यकर्तालाई बाँड्ने गरेको भन्दै कब्जा गरिएको स्थानीयले जनाएका छन् । नवपुर क्लवले राजनीतिक दलका स्थानीय नेताका घरबाट त्रिपाल, कम्बल, चामल लगायतका सामग्री खोसेका छन् । जफत गरिएको सामग्री छलफल गरेर बाँडिने उनीहरुको भनाई छ । वडा सभापति श्रेष्ठले १५ नम्बर वडाका लागि नेपाली कांग्रेस ४ नम्बर क्षेत्रका सभापति नुत्सेनारायण श्रेष्ठले ल्याएको राहत सामग्री आफूले बाँड्न खोज्दा खोसिएको बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Public humiliation
Primary Cause Issues related to the delivery of government aid programs (e.g. earthquake rehab/recon)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments