Incident Reports

मन्त्रीका पिएका कार्यकर्ताले जनता कुटेपछि त्रिशुली–काठमाडौ सडक बन्द

2015-05-31

Gandaki, Syangja, Putalibazar

रामशरण महतका निजी सचिव रमेशकुमार महत पक्षका कार्यकर्ताले प्रश्न सोध्नेमाथि कुटपिट गरेका थिए। महतले जस्तापाता बिक्रीका लागि काठमाडौ लैजान लागेको आरोप लगाउदै नुवाकोटका स्थानीयले शुक्रबारदेखि जस्तासहितको ट्रक नियन्त्रणमा लिएर राखेका छन्।त्यही विषयमा स्पष्ट पार्न आइतबार राजधानीमा पत्रकार सम्मेलन गरिएको थियो। भूकम्प पीडित विद्यालयलाई वितरण गर्न लगिएको जस्तापाता बिक्री गर्न खोजिएका आरोप लगाउंर्दै स्थानीय वासिन्दाले नियन्त्रणमा लिएका थिए । नियन्त्रणमा लिएको जस्तापाता दुई सय ७० वण्डल भएको बताइए पनि नापजांच गर्दा एकसय ६९ वण्डल मात्र भएको पाइएको प्रजिअ तथा दैवी प्रकोप उद्धार समितिका अध्यक्ष निरौलाले बताए । सडक वन्द भएपछि नुवाकोटको पुर्वी क्षेत्रमा रहेका ३० भन्दा वढि गाविसका स्थानीय प्रभावित भएका छन् । शुक्रवार स्थानीयले नियन्त्रणमा लिएको एक ट्रिपर जस्तापाताको विषयमा निकै विवाद आएपछि सम्वन्धित निकायले तत्काल छानविन गरिनु पर्ने, स्थानीय कृष्ण वोहरा र शिव वोहरामाथि हातपात गर्नेलाई कारवाही गरिनुपर्ने, ट्रिपर चालकलाई अनुसन्धान गर्नु पर्ने माग गर्दे सडक मार्ग वन्द गरिएको स्थानयिले वताएका छन् । सडकमार्ग वन्द भएपछि यातायात खुलाउन र जस्तापाताको विषयमा छानविन गर्न जिल्ला दैवी प्रकोप उद्धार समितिले अग्रसरता देखाएको छ। जिल्ला दैवी प्रकोप उद्धार समितिले बा ३ ख ३८४४ नम्वरको ट्रिपरलाई चालकसहित जस्तापाता छानविन नभएसम्मका लागि सेनाको मैथलिस्थित तालिम केन्द्रमा राखेको छ। स्थानीय वासिन्दाले सो सडक खण्डमा टायर बालेर विरोध प्रदर्शन गरेका छन् । जस्तापाता वोको ट्रिपर स्थानीयले घेरावन्दी गरेका थिए भने प्रहरीले ट्रिपर र जस्तापाताको सुरक्षा दिएर विदुर ल्याएको हो। नेपाल इन्भेष्टमेन्ट वैकले नुवाकोटको क्षेत्र नं २ अन्र्तगतको खानीगाउ, कविलास, पञ्चकन्या, भद्रुटार, चौघडा र महाकाली गाविसका विद्यालय पुर्ननिर्माणका लागि ल्याएको २ सय ७० बण्डल जस्तापाता भुकम्प पीडितहरुले नियन्त्रणमा लिएका हुन्। ३ सय बण्डल जस्ता मध्य ३० वण्डल कविलासको ठाटीभञ्याङमा राखेर भद्रुटार र महाकाली गाविसका लागी लैजादै गरेको सो ट्रिपरलाई स्थानीयले नियन्त्रणमा लिएका थिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Violent demonstration
Weapons None
Primary Cause Issues related to the delivery of government aid programs (e.g. earthquake rehab/recon)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments